प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मिटरब्याजीको आरोपमा एक नेता पक्राउ

२०७९ चैत्र २०, सोमबार १३:२३ बजे

काठमाडौं – मिटरब्याजीको आरोपमा सप्तरीमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । शर्मालाई ठगी गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका शर्मा माथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यता सरकारले गत शनिबार मात्र पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

यसअघि जनमत पार्टीका केन्द्रीय सदस्य शर्माले मिटरब्याज स्वरूप विभिन्न व्यक्तिहरूबाट करोडौँ रकम असुली गरेको आरोप सहितका समाचार विभिन्न सञ्चारमाध्यमहरू प्रकाशनरप्रसारण भएको थियो ।