प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुकेको रूख ढलेर लाग्दा एक जनाको मृत्यु

२०८० असार २४, आईतबार ०३:०६ बजे

हेटौंडा – सुकेको रूख ढलेर लाग्दा चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१, रामनगरस्थित हाईवे सडक छेउमा ठेलामा चिया पसल संचालन गर्दे आएकी ३४ वर्षीया आरती नहर्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुकेको रूख ढलेर आरतीलाई लाग्दा घाईते भएकी थिइन् । उद्धार गरी उपचारको लागि सरकारी अस्पताल पाठईएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।