सुर्खेत – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ मा ३२ वर्षीया दीपाले आफ्ना श्रीमान मधु कुमालको हत्या गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, गएराति करिब २ः३० बजे घरायसी विवादका क्रममा दीपाले चिर्पटले प्रहार गरी ४० वर्षीय मधु कुमालको हत्या गरेकी हुन्।
घटनाको जानकारी मृतकका छोरा खिम कुमालले प्रहरीलाई दिएका थिए। जानकारी प्राप्त भएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर दीपालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक दीपेन्द्र रावलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। थप विवरण अनुसन्धानपछि आउने अपेक्षा गरिएको छ।