हेटौंडा – ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका २५ हेम्जामा आइतबार साँझ ट्रकको ठक्करबाट कास्कीकै माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले हिजो बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।