बागलुङ – बागलुङको बरेङ गाउँपालिका–३, बाटाकाचौ र को शारदा माध्यामिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि तीन दिन विद्यालय बन्द गरिएको छ ।
पढ्दापढ्दै विद्यार्थी बेहोस हुने, चिच्याउने र ढल्ने जस्ता समस्या देखिएपछि शुक्रबार देखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार टाउको दुख्ने, चिच्याउने, बर्बराउने, एकोहोरो भएर टोलाउने, पछारिने, बेहोस हुने जस्ता समस्या देखापरेको छ ।
गत जेठ महिनामा पनि दुई विद्यार्थी विद्यालयमा बेहोस भएका थिए । बिरामी हुनेमा कक्षा ७, ८, ९ र १० का छात्रा हुन् । बालबालिका बेहोस हुन थाले पछि अभिभावक पनि चिन्तित भएका छन् ।