प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० माघ ८, सोमबार ०७:४७ बजे

काठमाडौं – पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका–१, असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति काली गण्डकी कोरिडोर सडक हुँदै रम्भाको पिपल डाँडाबाट हुँगीतर्फ आउने क्रममा रम्भा–१, भुमरमा ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकदेखि दुई सय मिटर तल काली गण्डकी किनारमा खसेको थियो ।