प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

राजको ‘खुसीका मुहान’को नग्मा र सागरको रोमान्स ( भिडियो )

२०७९ असार १२, आईतबार ०९:३३ बजे

काठमाडौँ– गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई प्रस्तुत गरिएको छ ।

मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव यस म्युजिक भिडियोमा फिचर्ड छन् । यस भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर रहेको छ । भिडियो संगीतकार सुब्बाको आधिकारिक च्यानल 'अम्बर तुम्बापो सुब्बा' मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।