प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रंगेली´का खलनायक हेटौंडाका सुन्दर

२०८० फाल्गुन १८, शुक्रबार ०८:३९ बजे

हेटौंडा – हेटौंडेली कलाकार सुन्दर धितालको अभिनय रहेको नेपाली चलचित्र रङ्गेली देशभरका सिनेमाहलहरुमा प्रर्दशनमा आउन लागेको छ । चलचित्र फागुन २५ गते महाशिवरात्रीको दिनबाट प्रर्दशनमा आउन लागेको हो ।

हेटौंडा ५ भैरवरोड निवासी धितालले अर्जुन सुवेदीको निर्देशन रहेको उक्त चलचित्रमा डेव्यु गरेका चलचित्रमा उनको भुमिका खलनायकको रहेको छ ।

चलचित्रमा पावर एन्ड फियरको बिषयलाई उठान गरिएको छ । चलचित्रमा मुख्य अभिनय भने दयाहङ राई,मिरुना मगर, अर्पण थापा लगायतको रहेको छ ।

उक्त चलचित्रको ट्रेलर एक साता अघि ओआरयस डिजिटल मार्फत युटुवमा सार्वजनिक भइसकेको छ । नव प्रवेशी कलाकार धितालले फागुन २५ गते महाशिवरात्रीका दिन देशभर प्रर्दशन हुन लागेको चलचित्र हेर्न सबैलाई आग्रह गरेका छन् ।