काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको शुक्रबार स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेसहितको निर्वाचन कार्यक्रम स्वीकृत भएको जनाएको छ । वैशाख १२ गते मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन हुनेछ ।
१४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । बैशाख १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । त्यसपछि निर्वाचन प्रचारप्रसारको काम उम्मेदवारहरुले सुरु गर्ने समय निर्धारण गरिएको छ ।
अर्थात उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ ।
राजनीतिक दल र सरोकारवाला निकायहरुको परामर्शमै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान समेत राखिएको छ ।