हेटौंडा – शौचालयमा चिप्लिएर लड्दा चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका वडा नं.२४ अमृतचोक डेरा गरी बस्ने ४५ बर्षीय नित्यानन्द रोय रहेका छन् ।
बागतमी प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत बुधबार रोय ट्वाईलटेमा चिप्लिएर लड्दा घाईते भएका थिए । उनको उद्धार गरी पुरानो मेडीकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।