काठमाडौं – हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ मा मंगलबार साँझ विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको मृत्यु भएको हो ।
बूढीगंगा–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा करेन्ट लाग्दा मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
काटेको बाँसले ११ हजार भोल्टको हाइटेन्सन लाइनमा छुनसाथ करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपाचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गर्नसाथ चिकित्सकले साँझ ५ बजेतिर मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए ।