प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८० भाद्र ११, सोमबार १४:३२ बजे

मोरङ – ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नगरपालिका-६ बस्ने ३९ वर्षीय रंजित कुमार मण्डललाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७७ पुष १३ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष ३ महिना कैद र ४० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आफ्नै गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय हाटखोला मोरङ पठाइएको छ ।