प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

निसास्सिएर एक जनाको मृत्यु

२०७९ चैत्र ३, शुक्रबार १०:०८ बजे

काठमाडौं – कोठामा लागेको आगोका कारण निसास्सिएर एक जना महिलाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका –५ देवीगञ्ज निवासी ४० वर्षीया पार्वती घर्तीको कोठामा आगो लागेपछि निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एककोठे जस्तापाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसनामा आगो लागेको अवस्थामा फेला परेको हुँदा महिलाको धुवाँका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।