प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा गाँजासहित दुई जना पक्राउ

२०८१ मंसिर १९, बुधबार २०:४२ बजे

मकवानपुर – मकवानपुरको राक्सीराङ गाउँपालिका-५ ढुङ्गुखोलामा १७ किलो ६०० ग्राम लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जिल्ला पर्सा पर्सागढी नगरपालिका-८ का ४६ वर्षीय देवीलाल सहनी र वडा नं. १ का ३२ वर्षीय राम नारायण रामलाई पक्राउ गरेको हो।

प्रहरीले ढुङ्गुखोला बगरमा शंकास्पद झोला बोकी हिँडिरहेका उनीहरूको झोला तथा शरीर खानतलासी गर्दा गाँजा बरामद गरेको जनाएको छ। पक्राउ परेका दुबैजनालाई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।