प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा दोस्रो विजय यूथ गोल्डकप हुने

२०८० असार २, शनिबार १४:१० बजे

हेटौंडा – हेटौंडामा दोस्रो विजय यूथ गोल्डकप हुने भएको छ । आयोजक विजय यूथ क्लवले शनिबार पत्रकार सम्मेलन गरि यही असार ५ गतेदेखि १५ गतेसम्म हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना हुने जानकारी दिएको हो ।

खेलाडीहरुबीच भातृत्व सम्बन्ध स्थापना एवं फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा मकवानपुर जिल्लाका १६ वटा क्रियाशिल फुटबल क्लबले सहभागिता जनाउने विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबहाकले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद १ लाख पाउने छन् । त्यस्तै प्रतियोगितामा सर्वोउत्कृष्ट हुने खेलाडीले ५ लाख बराबरको जीवन बिमा प्राप्त गर्नेछन् ।

यसैगरी विधागत रुपमा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही ५/५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान आफ द म्याचलाई पनि नगदको पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए को सहभागिता रहनेछ । 

दश दिनसम्म प्रतियोगिता सञ्चालन गर्नका लागि १३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि कुनै पनि सरकारी निकायको लगानी छैन । स्थानीय खेलप्रमिहरु सहयोग र बाँकी रकम क्बलले नै बेहोर्ने अध्यक्ष राजवहाकले बताए । 

उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवको बीचमा हुनेछ । क्लबले तीन बर्षअघि पहिलो पटक प्रतियोगिता आयोजना गरेको थियो । त्यो पहिलो संस्करणको उपाधि आयोजक क्बल विजय यूथले नै जितेको थियो ।

विजयी यूथ फुटबलमा क्रियाशिल र जिल्लालाई राष्ट्रियस्तरको धेरै उपाधि दिलाउने क्बल पनि हो । यस क्लब देशको विभिन्न स्थानमा भएको मोफसलको प्रतियोगिता सहभागि जनाउँदै उपाधि समेत जित्दै आएको छ । क्बलले सिमरा गोल्डकपसहित दुई वटा राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दा मकवानपुर गोल्डकप सहित आर्धा दर्जन मोफसलका चर्चित प्रतियोगिताको उपविजेता बनिसकेको छ । 

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, बागमती फुटबल संघका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।