प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओलीलाई लिङ्देनको चुनावी सहकार्यको प्रस्ताव

२०७९ श्रावण २८, शनिबार ०६:३७ बजे

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावी तालमेलका लागि प्रस्ताव गरेका छन् । शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा दुवै पार्टीबीच आगामी संघीय चुनावमा सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन गरेर जाने विषयमा दुवै नेताबीच कुरा भएको थियो । यसअघि २०७४ को निर्वाचनमा लिङ्देनलाई एमालेसहितको तत्कालीन वाम गठबन्धनले समर्थन गरेर विजयी बनाएको थियो । यसपालि पनि उनी झापा– ३ बाटै उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट लिङ्देनले नेपाली कांग्रेसका कृष्ण सिटौलालाई पराजित गरेका थिए । न्यूज २४ बाट