काठमाडौं – नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ७ सयमा आइपुगेको छ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ।