हेटौंडा – चितवनको भरतपुर महानगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २६ का ३६ वर्षीय दिपेन्द्रराज गिरी रहेका छन् ।
जिल्ला अस्पतालमा उपचारको क्रममा बेलुकी ८ बजे गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार बेलुकी सवा ७ बजे बागमती प्रदेश–०६–००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।