प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

उपचार नपाएर सुत्केरीको मृत्यु

२०७९ श्रावण १८, बुधबार ०२:५७ बजे

काठमाडौं – रुकुमपश्चिममा अत्यधिक रक्तश्रावका कारण एक महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका ६ की २० वर्षीया सुशीला बुढाथोकीको सुत्केरीपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो ।

शनिबारदेखि सुत्केरी व्यथा लागेकी उनले सोमबार छोरी जन्माएकी थिइन् । स्थानीय डिल्ली शर्माका अनुसार सुत्केरीपछि अत्यधिक रक्तश्राव मङ्गलबार उनको मृत्यु भएको हो । सुशीलाका श्रीमान् दोस्रो बिहे गरेर भारत गएको र आवश्यक उपचार नपाउँदा उनको मृत्यु भएको शर्माले बताए ।