प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

बसको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु

२०७९ माघ १९, बिहीबार १९:२२ बजे

हेटौंडा – वि.पि. राजमार्ग अन्तर्गत काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको नमोबुद्द नगरपालिका–७, विसकिलोस्थित बा २ ख ७३४२ नम्बरको बसको ठक्करबाट स्थानीय ८ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भकुन्डेबेशी जाँदै गरेको उक्त बसले स्थानीय बस्ने कृष्ण बहादुर अधिकारीको छोरी दिविसालाई ठक्कर दिँदा घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।