प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु

२०८० पौष २८, शनिबार ०६:१३ बजे

काठमाडौं – नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन ।