हेटौंडा – करेन्ट लागेर धादिङ र काभ्रेपलाञ्चोकमा एक–एक जनाको मृत्यु भएको छ ।
धादिङको निलकण्ठ नगरपालिका–५, फ्याक्सेस्थित बस्ने अन्दाजी २२/२३ वर्षीया मुना श्रेष्ठ आफ्नै घर बाथरूममा नुहाउने क्रममा बाथरूमामा रहेको जास्तामा छुदाँ करेन्ट लागी घटनास्थालमा नै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४, राईडाँडा बस्ने ६५ वर्षीय मैना कोईरालाको करेन्ट लागेर मृत्यु भएका छन् । आफ्नै घर नजिकैको मकैबारीमा बदेललाई थापेको २२० भोल्टको विद्युतको पासोमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।