प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन

२०७८ चैत्र १८, शुक्रबार ०१:५८ बजे

काठमाडौं – सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकिएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्। यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो।