प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

मावन वेचविखन तथा ओसारपसारमा संलग्न प्रेमी प्रेमिका पक्राउ

२०७९ असार ९, बिहीबार १३:३९ बजे

हेटौंडा – मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

१३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा बिराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ ।

साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । झापा बिर्तामोडकी १३ वर्षीया बालिका शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी थिइन् । उनी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए ।

उनीहरु उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।