प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

‘प्रेमगीत ३’को दोस्रो टिजर रिलिज(भिडियो)

२०७९ भाद्र ३, शुक्रबार ०८:११ बजे

काठमाडौं – आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार कृष्ण–जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो ।

हिन्दी भाषाको टिजर चर्चित भारतीय कम्पनी ‘जी म्यूजिक कम्पनी’ र नेपाली भाषाको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर ५५ सेकेन्डका छन् । सार्वजनिक टिजरमा मुख्य अभिनेता प्रदीप खड्का (युवराज प्रेम)लाई जनताको ‘मसिहा’को रूपमा प्रस्तुत गरिएको छ ।

टिजरले साउथ चलचित्र ‘बाहुबली’को झल्को दिन्छ । पहिलोभन्दा दोस्रो टिजर अझ शसक्त बनाइएको छ ।निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार, चलचित्रको नेपाली र हिन्दी भर्सनको ट्रेलर आगामी सेप्टेम्बर १ अर्थात भदौ १६ गते एकसाथ सार्वजनिक हुनेछ ।