प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माधवकुमार नेपालको निवासमा रामचन्द्र पौडेल पुगे

२०७९ मंसिर १२, सोमबार ०५:३६ बजे

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।


उनीहरूबीच आज बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटावार्ता भएको हो । स्रोतका अनुसार भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको छ ।

जवाफमा नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा नेपाल र पौडेलबीच भेटवार्ता भएको हो ।