प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एक महिलाले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाइन्

२०८१ बैशाख ३१, सोमबार ०८:३४ बजे

हेटौंडा – एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । धादिङ धुनिबेशी नगरपालिका वडा नं.२ किखुरीचौर बस्ने ३५ बर्षीया गोमा परियारले आत्मदाहको प्रयास गरेकी हुन् ।

शुक्रबार राति आफ्नो घरमा घरायसी तनाबको कारण परियारले शरीरमा पेट्रोल हालेर आगो लगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार शनिबार
उपचारको लागि किर्तिपुर अस्पताल काठमाडौंमा लगिएको थियो ।

प्रहरीका अनुसार उनको अनुहार,घाँटी,छाति,पेट,दुबै हात र दुबै खुट्टाको घुँडा गरी शरीरको करिब ४० प्रतिशत जलेको छ । अस्पतालले डिस्चार्ज नगरेपनि घाइतेको श्रीमानले गोमालाई घर लगेको प्रहरीले जनाएको छ ।