प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक युवकमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

२०८० श्रावण ५, शुक्रबार १३:५४ बजे

विराटनगर– सुनसरीमा एक युवकमाथि गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार मुलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको हो। धरान–इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरी लुटपाट भएको प्रहरी जनाएको छ।

चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ। सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए।