प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भाटभटेनी नजिकै एक युवक मृतक फेला

२०८० कार्तिक ४, शनिबार २०:३३ बजे

चितवन – चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् ।

उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।