प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाढी हेर्न जाँदा खोलामा डुबेर साह र थिङको मृत्यु, एकको सकुशल उद्धार

२०८१ आश्विन १३, आईतबार ०८:३३ बजे

महोत्तरी – बाढीमा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए।

यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन्।