प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ज्योतिषी खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान अदालतको अनुमति

२०८१ श्रावण १५, मंगलबार ०७:३३ बजे

काठमाडौं – आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको आरोपमा खतिवडा सोमबार पक्राउ परेका थिए । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।