काठमाडौं – वेश्यावृत्ति गराएको आरोपमा काठमाडौँको टोखाबाट दुई जना पक्राउ परेका छन् ।
टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका सञ्चालक दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङलाई पक्राउ गरिएको हो ।
वेटरको काम दिन्छौँ भनेर नाबालिकाहरूलाई त्रास देखाएर वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले बताए ।
एसपी मिश्रका अनुसार आरोपीहरूले एक जना ग्राहकबाट ५ हजार देखी ८ हजारसम्म असुल्ने गरेको थाहा भएको छ । उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको उनले बताए ।