प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडामा तीन मोटरसाइकल र एक स्कुटर दुर्घटना

२०७९ माघ २, सोमबार १६:३१ बजे

हेटौंडा – हेटौंडामा छुट्टाछुट्टै स्थानमा तीन मोटरसाइकल र एक स्कुटर दुर्घटनामा परेको छ । धरान–चतरा सडक खण्ड हेटौंडा उपमहानगरपालिका–१६ प्रणामीटोल र घ्याम्पेमा चार सवारी दुर्घटना दुर्घटनामा परेको हो ।

हेटौंडा बजारबाट प्रणामीटोल तर्फ जादै गरेको बा.प्र.०३–००४ प ४६८९ नम्बरको स्कुटरलाई सोही दिशबाट जादै गरेको बा७०प ३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै घ्याम्पेमा ठुलोदमारबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५प ५५३२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना५३प १४८२ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा दुई जना घाइते भएका छन् ।

दुर्घटनमा ५५३२ नम्बरको सोटरसाइकल चालक हेटौंडा–७ कमाने बस्ने ३० वर्षीय राम भण्डारी र ना५३प १४८२ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१६ बस्ने १८ वर्षीय दर्पण पोख्रेल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पोख्रेलको सवारी चाकल अनुमति पत्र(लाईसेन्स) नभएको प्रहरीले जनाएको छ ।