हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारी बस्ने एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार स्थानीय ४५ वर्षिय बूद्धि माया चेपाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन् ।
बूद्धि माया मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत्त अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।