हेटौंडा – सडेगलेको अवस्थामा खोलाको किनारमा एक महिलाको शव फेला परेको छ ।
नुवाकोट तार्केश्वर गाउँपालिका–५, कार्तिकेस्थित ठाडो खोलाको किनारमा अन्दाजी ४० वर्षीया महिलाको शव सडेगलेको अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घट्नास्थल पुगेर मुचुल्का संकलन गरेर शव परिक्षणको लागि अस्पताल पठाएको जनाएको छ । शव पहिचान खुलेको छैन । शव पहिचान र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।