प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, तीन घाइते

२०७९ जेठ १९, बिहीबार ०५:२१ बजे

हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

चितवनको खैरहनी नगरपालिका ९ सिमलटाडीमा गएराती भारतिय नम्बरको कारले बागमती प्रदेश ०३ ००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कालिका नगरपालिका ४ घर भई हाल खैरहनी नगरपालिका ८ बस्ने अन्दाजी २१ बर्षीय विश्वास गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा राती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका ७ मा से १ त ६००६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री ५८ वर्षीय कमला वती भट्टको मृत्यु भएको छ। दुर्घटनाबाट गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै झापाको दमक नगरपालिका ४ चिया बगान स्थित सडकमा रोकिराखेको ट्रकमा गएराती स्कुटर ठोक्किँदा चालक अन्दाजी ३० वर्षीय पुरुष घाइते भएका छन् । मे १० प १३२९ नम्बरको स्कुटर रोकिराखेको ना ६ ख ३२३५ नम्बरको ट्रकमा गएराती सवा १० बजे, ठोकिएको हो । घाइत पुरुषको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यसैगरी पुर्वी नवलपरासी देवचुली नगरपालिका ४ झाक्रेमा सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । बागमती प्रदेश ०३–००२प ४९३८ नम्बरको मोटरसाइकलले ना४५प ७१२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । घाइते भएका ४९३८ नम्बरका मोटरसाइकल चालक २७ बर्षीय जिवन सोती र अर्का मोटरसाइकल चालक २७ बर्षकै होम बहादुर कुँवरलाई उपचारको लागी मेडिकल कलेज भरतपुर पठाइएको छ । घाइते मध्ये कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।