हेटौंडा – प्रहरीले एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
दमाईले ती बालिकालाई विभिन्न समयमा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।