प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको सिक्री लुटेर भाग्दाभाग्दै एक युवक पक्राउ

२०८० मंसिर १६, शनिबार ०९:३२ बजे

हेटौंडा – सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । काठमाडौ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बारा सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।