प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माछा मार्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु, ५ जना पक्राउ

२०८० भाद्र २२, शुक्रबार ०३:११ बजे

काठमाडौं – माछा मार्ने क्रममा करेन्ट लागेर स्याङ्जाको वालिङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षका यम बहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजे तिर मृत्यु भएको हो। प्रहरीले माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिल बहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटा सहित नियन्त्रणमा बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।