प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

१०० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने

२०७९ कार्तिक १६, बुधबार १५:०५ बजे

काठमाडौं – निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण गरिने छ ।

त्यस्तै, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था पनि गरिने भएको छ ।