प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० मंसिर २४, आईतबार १४:०५ बजे

कैलाली – गोदावरी नगरपालिका–८ स्याउलेमा सु.प.प्र ०१ ००१ ह ३४८४ नम्बरको अटो शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक सोही नगरपालिका–९ सेहरी बस्ने ३५ वर्षीय चक्र सार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।