प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेसले टुंग्यायो समानुपातिकका ३२ सांसद(सूचीसहित)

२०७९ मंसिर २४, शनिबार १२:१४ बजे

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।

सिफारिस हुने नामः–
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई
७. कुसुम थापामगर
८ मनोरमा सेरचन

खस/आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण

दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारुतर्फ
१ कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिमतर्फ
१ जावेदा खातुन् जागा

तीनजना पुरुष
१. जीवन परियार
२. विमलेन्द्र निधि
३. प्रकाशशरण महत