प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रास्वपाको समर्थन फिर्ता, प्रचण्डको पक्षमा बहुमत कायमै

२०८० बैशाख २२, शुक्रबार १५:०० बजे

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

रास्वपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग समर्थन फिर्ता लिएपनि बहुमत कायमै रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन र टिकाउन बहुमत अर्थात १३८ सांसद भए पुग्छ । तर, प्रचण्ड नेतृत्वको सरकारलाई १५८ सांसदको समर्थन कायम रहने देखिन्छ ।

प्रचण्ड नेतृत्वको सरकारको पक्षमा कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमतका ६ सांसद छन् । यो बाहेक प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चा १ र स्वतन्त्र सांसद अमे्रशकुमार सिंहको पनि प्रचण्डलाई समर्थन कायमै रहेको छ ।