काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ १ लाख ३२ हजार ८५५ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख १५ हजार ७३६ मत ल्याएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ५८ हजार ८१६ मतसहित तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ५४ हजार १०१ मत पाएको छ।
नेकपा एमाले १३२८५५
नेपाली काँग्रेस ११५७३६
राष्ट्रिय स्वतन्त्र पार्टी ५८८१६
नेकपा माओवादी केन्द्र ५४१०१
राष्ट्रिय प्रजातन्त्र पार्टी ३१६५१
जनता समाजवादी पार्टी, नेपाल १०३३८
जनमत पार्टी १०१०४
नेपाल मजदुर किसान पार्टी ७१७४
नागरिक उन्मुक्ति पार्टी ६५१६
नेकपा एकीकृत समाजवादी ६३३२
अन्य २६६३०