प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कारागारमा एक जना कैदीबन्दीको मृत्यु

२०८० भाद्र ५, मंगलबार ०६:२१ बजे

हेटौंडा – रामेछापमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ रोटे बस्ने ८४ बर्षीय पदम बहादुर श्रेष्ठ रहेका छन् ।

विगत ३ बर्षदेखि रामेछाप कारागारमा जबरजस्तीकरणी मुद्दामा जन्म कैद सजाय भोगिरहेको श्रेष्ठको सोमबार साँझ बाथरुममा लडेर घाइते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठ पहिलेबाट प्यारालाईसिस र प्रेशरको औषधी सेवन सेवा गर्दै आएका थिए ।