प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१४ जनामा भेटियो ओमिक्रोन ‘सब भेरिएन्ट’

२०८२ असार ९, सोमबार १९:०६ बजे

काठमाडौँ । १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ‘ओमिक्रोन सब भेरिएन्ट’ पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ २२ गतेदेखि २९ गतेसम्मको पीसीआर विधिबाट कोरोना पुष्टि भएका नमुनाको जिन सिक्वेसिङ गरिएको थियो ।

जहाँ ओमिक्रोनको सब भेरिएन्ट पुष्टि भएको हो ।  सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन–१ रहेको मन्त्रालयले जनाएको छ ।

ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ–२ भाइरसको विकसित रूप हो ।

नेपालमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनायता २५ जिल्लामा १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।