प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु

२०८१ कार्तिक २८, बुधबार २०:५२ बजे

काठमाडौँ - नेपालमा दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको हो ।

विज्ञहरूका अनुसार नेपालका महिलामा सबैभन्दा बढी अर्थात एक नम्बरमा पाठेघरको क्यान्सर पाइन्छ । दोस्रोमा ‘ब्रेस्ट’ क्यान्सर र तेस्रोमा पेटको क्यान्सर रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा।कृष्णसागर शर्माले बताए ।शर्माका अनुसार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नु लगायत छन् ।


पाठेघरको मुखको क्यान्सर हुँदा शारीरिक सम्बन्ध राख्दा तल्ल पेट दुख्ने, रगत बग्ने, गनाउने पानी बग्ने, सामान्य उपचार गर्दा निको नहुने जस्ता लक्षण देखिने उनले बताए । पाठेघरको मुखको क्यान्सर स्टेज १, २ र ३ सम्म निको पार्न सकिने डा।शर्मा बताउँछन् । यो क्यान्सरको चौथो अवस्थामा केही समस्या भए पनि उपचार सम्भव नै रहेको उनले बताए । महिलाहरूलाई सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाव नलिने, स्वास्थ्य जीवनशैली अपनाउन उनले सुझाएका छन् ।