प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन

२०८० बैशाख २, शनिबार ०३:०७ बजे

काठमाडौं – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ ।

उनको आज बिहान ५ बजे ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। 

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको ६ महिनापछि उनकी पत्नी राधाको निधन भएको हो ।

यसअघि असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको थियो ।