प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पेस्तोल र गोलीसहित एक किशोर पक्राउ

२०८० जेठ २३, मंगलबार ०२:२९ बजे

हेटौंडा – पेस्तोल र गोलीसहित सिरहाबाट एक किशोर पक्राउ परेका छन् । औरही गाउँपालिका–१ गंगान पुलबाट पेस्तोल १ थान, सोको म्यागजिन १ थान र पेस्तोलको गोली ६ राउण्डसहित सुखिपुर नगरपालिका–६ रंगीपुर बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बीआर ३२ एसी १४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।