हेटौंडा – पिक प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका– ९ बस्ने ७२ वर्षीय अहमद मिँया चुडिहारको पिक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहालाई प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित आँप बगैचामा रहेको फुसको छाप्रो घरमा अहमदलाई जेठ २७ गते दिउँसो हत्या गरी ढोकामा बाहिरबाट ताल्चा लगाई राखेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा बजरंगीले हत्या गरी मृतकसँग भएको मोवाइल तथा नगद समेत खोसी फरार भएको खुल्न आएपछि बजरंगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।